कर्णाली प्रदेश सरकार

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय

यातायात व्यवस्था सेवा कार्यालय

चौरजहारी, रुकुम(पश्चिम)

परिचय

  • हिमाल पहाड र तराईको झल्को दिने प्रकृतिको काखमा अवस्थित नेपालको कर्णाली  प्रदेश रुकुम पश्चिमदेखि १६ कोष पश्चिम दक्षिणमा पर्ने भेरी नदिको किनारमा समथर भुभागमा अवस्थित सुन्दर चौरजहारी नगरपालिकामा २०७६ भाद्र १२ गते यस कार्यालयको स्थापना गरिएको थियो ।


    विविध कारणले सेवा सूचारु नगरिएको भएतापनि २०७९ फागुन २१ गते कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सेवाआरम्भको सुभारम्भ गरेपछि नियमित रुपमा सेवा सुचारु भएको हो ।

    अहिले यस कार्यालयबाट कर्णाली प्रदेशका रुकुम (पश्चिम),जाजरकोट,सल्यान, डोल्पा लगाएत जिल्ला र लुम्विनि प्रदेशको रुकुम पुर्व लगाएका जिल्लाका नागरिकलाई सेवा प्रदान गर्दै आएको छ ।